पुलिस एमएम कपकाे फाइनलमा

मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागिए टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्ने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा पुलिसले सुदुरपश्चिमलाई ९९ रनले हरायो ।

सुनसरीको इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा २२९ रनमा अलआउट भयो । सुरुवात खराब गरेको पुलिसले तीन रनमा नै पहिलो विकेट गुमायो । तर दोस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठ विच अर्धशतकीय साझेदारी भएपछि पुलिसको पारी एकहदसम्म सम्हालिएको थियो ।

तर अमित मात्र ८ रनमा आउट भएपछि पुलिसले ५७ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि अनिल शाह र दिपेन्द्रले पनि अर्धसतकीय साझेदारी गरे । अनिल शाह ३१ रनमा बाहिरीएपछि पुलिसले एक सय १८ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि पवन सराफमात्र एक रनमा पेभेलियन फर्किए । पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले ६८ रन बनाए । उनले ७६ बलमा छ चौका र एक छक्का प्रहार गरे । उसका लागि योगेन्द्रसिंह कार्कीले २९ रन थपे भने कुशल भुर्तेलले १७ रन जोडे । कप्तान मञ्जित श्रेष्ठ मात्र नौ रनमा आउट भए । अन्तिममा ललित भण्डारी र सागर ढकालले केहि बेर पुलिसलाई सम्हालेका थिए । जसमा ललितले ४० रन बनाए ।

बलिङमा शेर मल्ल र विनोद लामाले तीन तीन विकेट लिए ।

जवाफमा सुदुरपश्चिम २२ ओभरमा १३० रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा किरन ठगुन्नाले सर्वाधिक २२ रन बनाए भने खड्क बोहोराले १४ र गजेन्द्र बोहोराले १२ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest