अमेरीकी टिम माघ २१ गते नेपाल पुग्ने

नेपालमा आयोजना हुन लागेको आइसीसी विश्वकप क्रिकेट लिग २ खेल्न अमेरीकी टिम माघको २१ गते काठमाडौं आइपुग्ने भएको छ ।

त्रिकोणात्मक सिरीजका लागि अमेरीका आफ्नो खेल भन्दा दुई दिन अगाडी नेपाल पुग्न लागेको हो । प्रतियोगितामा अमेरीकाले पहिलो खेल माघ २३ गते ओमानसँग खेल्नेछ । त्यसपछि माघ २५ गते अमेरीकाको भिडन्त नेपालसँग हुनेछ ।

त्यसका एक दिनपछि फेरी अमेरीकाले ओमानसँग खेल्नेछ भने लिगको अन्तिम खेलमा अमेरीका र नेपाल खेल्नेछन ।

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको अमेरीका १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ । पछिल्लो पटक अमेरीका बाहिरका खेलाडीलाई राष्ट्रिय टिममा खेल्न पाउने नयाँ प्रावधान बनाएपछि अमेरीकी टिम बलियो देखिएको छ ।

विश्वकप लिग २ मा अमेरीकाले आठ खेलमा ६ मा जित र दुईमा हरा ब्यहोरेको छ । यस्ते ओमानले आठ खेलमा चारमा जित र दुई हार ब्यहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest