धाेनी प्रशिक्षणमा फर्किए

भारतीय क्रिकेट बाेर्ड बीसीसीआईले महेन्द्रसिंह धोनीलाई नयाँ केन्द्रीय सम्झौताबाट हटाएपछि उनले अन्तराष्ट्रिय क्रिकेटबाट अब चाँडै सन्यासकाे घाेषणा गर्ने अनुमान गरिएकाे छ ।

केन्द्रीय अनुबन्धमा नभएपछि क्रिकेटरहरुलाई विसीसीआईले पारिश्रमिक दिदैँन । वुधबार मात्रै बीसीआईले अनुबन्ध गरेका खेलाडीहरुकाे सूची सार्वजनिक गर्दा धाेनीका नाम छैन् ।

धाेनी विश्वकप पछि भारतीय टिममा पनि छैनन् । तर, धाेनी विहिबार एकाएक नेट अभ्यासका क्रममा देखा परे । उनले आफ्नाे घरेलु टिम झारखण्डका खेलाडीसँग अभ्यास गरेका हुन् ।

झारखण्ड क्रिकेट एसोसिएनका स्रोतले पीटीआईसँग कुराकानी गर्दै भने कि धेनी टीमलाई नभनेर अभ्यास गर्न आएका थिए र यो उनका लागि शानदार अनुभव रहयो । उनले केही समयको लागि नेटमा ब्याटिङ्ग गरे । उनको त्याहाँ आउने बारेमा कसैलाई कुनैपनि सूचना नभएको बताइएको छ ।

गत वर्ष उनी यस सम्झौताको ग्रेड ‘ए’ मा थिए तर यस पटक भने यस्तो गरिएन । उनलाई पहिला ग्रेड ‘ए’ मा पाँच करोड दिइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले धोनीको सम्झौताबाट टाढा हुनको कारण कम खेलहरु भएको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest