राबाडा एक टेष्टकाे प्रतिबन्धमा

दक्षिण अफ्रिकी तिब्र गतिका बलर कागिसो राबाडालाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले प्रतिबन्ध लगाएको छ । इंग्ल्याण्डका कप्तान जोय रुटलाई आउट गरेपछि गरेको खुसीमा उनले अनिशासन विपरित काम गरेको भन्दै एक टेष्टको प्रतिबन्ध लगाएको हो ।

दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथमा जारी तेस्रो टेष्टमा इंग्ल्याण्डका कप्तान रुटलाई आउट गरेपनि उनले असुहाउदो ब्यवहार गरेका थिए । जसका कारण आइसीसीले उनलाई कोड अफ कन्डक्ट विपरित ब्यवहार गरेको भन्दै प्रतिबन्ध लगाएको हो ।

यसका साथै उनलाई खेलको १५ प्रतिशत म्याच फि जरिवाना पनि लगाएको छ । यो कारवाहीमा उनले एक पोइन्ट डिमेरीट गरेको छ । पछिल्लो २४ महिनामा कुल चार डिमेरिट भएपछि उनले एक टेष्ट गुमाउने भएका छन । उनले जोहानेसबर्गमा हुने चौथो टेष्ट गुमाउने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest