भारतले अष्ट्रेलियासामु ३४१ रनकाे लक्ष्य प्रस्तुत

अष्ट्रेलिया विरुद्धको दोस्रो एकदिवसिय खेलमा भारतले तीन सय ४१ रनको लक्ष्य दिएको छ ।

भारतको राजकोटमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनायो । उत्कृष्ट सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर रोहित शर्मा ४२ रनमा आउट भए । त्यसपछि कप्तान विराट कोहली र शिखर धवनबिच दोस्रो विकेटका लागि एक सय तीन रनको साझेदारी भएपछि भारत बलियो स्थितीमा पुगेको थियो ।

जसमा धवन शतक बनाउनबाट मात्र चार रनले चुके । उनले ९० बलमा १३ चौका र एक छक्काको मद्दतले ९६ रन बनाउन सफल भए । त्यसपछि क्रिजमा आएका श्रेयस ऐयर मात्र सात रनमा आउट हुँदा भारतले एक सय ९८ रनमा तेस्रो विकेट गुमायो ।

चौथो विकेटका लागि कप्तान कोहली र लोकेश राहुलबिच ७८ रनको साझेदारी भएको थियो । जसमा कोहलीले ७८ रन बनाए । उसका लागि लोकेश राहुलले उत्कृष्ट ८० रनको पारी खेले ।

उनले ५२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । बलिङमा अष्ट्रेलियाका एडम जाम्पाले तीन तथा केन रिचार्डसनले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest