अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत ३६ रनले विजयी

अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत ३६ रनले विजयी भएको छ । भारतले दिएको ३४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४९.१ ओभरमा सवै विकेट गुमाउँदै ३०४ रनमा रोकिन पुग्यो । सिरिजमा दुवै टिमले एक एक खेल जितेका छन् ।

अस्ट्रेलियालाई रोक्ने क्रममा भारतका मोहम्मद सामीले तीन विकेट लिँदा नवदीप सैनी, रविन्द्र जडेजा र कुलदीप यादबले २–२ विकेट लिए । अन्तिम विकेट जसप्रित बुमराहको नाममा रह्यो ।

३४१ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सुरुआत भने राम्रो गर्न सकेन । अघिल्लो खेलमा १० विकेटको जीत दर्ता गरेका डेभिड वार्नर सस्तैमा पेभेलियन फर्किएका थिए । १५ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान आरोन फिन्च र स्टेभन स्मिथले अस्ट्रेलियाको पारि अघि बर्ढा । फिन्च ३३ रन बनाएर आउट भएका थिए । स्मिथले मार्नस लाबुसेनसँग ९६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ४६ रन बनाएर लाबुसेन आउट भए ।

त्यसपछि एउटा इनमा स्मिथ टिके पनि अर्को इनबाट लगातार विकेट पतन भएको थियो । एलेक्स केरी १८ तथा एस्टोन टर्नर १३ रन बनाएर आउट भएका थिए । स्मिथ ९८ रन बनाउँदै आउट भएपछि अस्ट्रेलिया पुरै दबाबमा आएको थियो । एस्टोन अगर पनि २५ रन बनाएर आउट भएका थिए । त्यसपछि केन रिचर्डसनले आक्रामक पारि खेल्दै २५ रनमा नट आउट रहे पनि हार टार्न सकेनन् । अन्तिम विकेटको रुपमा एडम जाम्पालाई बुमराहले आउट गर्दा अस्ट्रेलिया ४९.१ ओभरमा ३०४ रनमा रोकिन पुग्यो ।
भारतको राजकोटमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनायो । उत्कृष्ट सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर रोहित शर्मा ४२ रनमा आउट भए । त्यसपछि कप्तान विराट कोहली र शिखर धवनबिच दोस्रो विकेटका लागि एक सय तीन रनको साझेदारी भएपछि भारत बलियो स्थितीमा पुगेको थियो ।

जसमा धवन शतक बनाउनबाट मात्र चार रनले चुके । उनले ९० बलमा १३ चौका र एक छक्काको मद्दतले ९६ रन बनाउन सफल भए । त्यसपछि क्रिजमा आएका श्रेयस ऐयर मात्र सात रनमा आउट हुँदा भारतले एक सय ९८ रनमा तेस्रो विकेट गुमायो ।

चौथो विकेटका लागि कप्तान कोहली र लोकेश राहुलबिच ७८ रनको साझेदारी भएको थियो । जसमा कोहलीले ७८ रन बनाए । उसका लागि लोकेश राहुलले उत्कृष्ट ८० रनको पारी खेले ।

उनले ५२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । बलिङमा अष्ट्रेलियाका एडम जाम्पाले तीन तथा केन रिचार्डसनले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest