मेलवर्न स्टार्सले पर्थ सोचर्सलाई १४२ रनको लक्ष्य

काठमाडौं, ४ माघ । विग ब्यास लिग अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले पर्थ सोचर्सलाई १४२ रनको लक्ष्य दिएको छ । मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको हो ।

सन्दीप लामिछाने प्लेयिङ सेटमा रहेको यस खेलमा सन्दीपले भने ब्याटिङ गर्नु परेन । टस जितेर पहिला ब्याटिङ गरेको मेलवर्नले सुरुआत भने राम्रो गर्न सकेन । ९ रनहुँदा मार्कस स्टोनिसलाई गुमाएको २६ रन हुँदा दोस्रो विकेटको रुपमा नाथन कल्टर नाइलको विकेट खेर फाल्यो । स्टोनिस ६ रन बनाएर आउट हुँदा नाथन ७ रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटको रुपमा नाइस मेडिन्सन व्यक्तिगत ३ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान ग्लेन म्याक्सवेल र हिल्टन कार्टराइटले ४७ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । म्याक्सवेल व्यक्तिगत २५ रन बनाएर आउट भए । निक लार्किन र कार्टराइटले मेलवर्नको स्कोर १०० रन कटाएका थिए ।

पाँचौ विकेटको रुपमा लार्किन २४ रन बनाएर आउट भए । सेब गोच २ रनमा रन आउट भए । अन्तिमसम्म क्रिजमा टिकेका कार्टराइटले अर्धशतकीय पारि खेले । उनी ५६ बलमा ५८ रन बनाउँदै नट आउट रहे ।
पर्थका म्यथ्यू केलीले सर्वाधिक ३ विकेट लिँदा फवाद अहमद र जोय रिचर्डसनको नाममा एक–एक विकेट रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest