आर्मीले नेपाल पुलिस क्लवलाई एक सय ८५ रनको लक्ष्य

मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लवलाई एक सय ८५ रनको लक्ष्य दिएको छ ।

सुनसरीको इनरुवामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ४८ ओभर पाँच बलमा एक सय ८४ रनमा अलआउट भयो ।

सुरुवात राम्रो गर्न नसकेको आर्मीले ५३ रन बनाउदा चार विकेट गुमाएको थियो । उसका ओपनर अनिल मण्डल पाँच रनमा आउट भए भने राजु रिजालले २२ रन बनाए । यस्तै रोहितकुमार पोडेल ११ रनमा पेभेलियन फर्किदा भिम शार्की सात रनमा आउट भए ।

उसका मध्यक्रमका खेलाडी विच खासै राम्रो साझेदारी हुन सकेन । कुशल मल्ल १३ रनमा आउट हुँदा आर्मीले ७७ रनमा पाँच विकेट खेर फाल्यो । त्यसपछि हरी चौहान मात्र तीन रनमा आउट हुदाँ आर्मीको स्कोर ९५ रनमा ६ विकेट थियो ।

आर्मीका राजेश पुलामी मगरले ३१ रन बनाए । अन्तिमतिर विनोद भण्डारीले ४० तथा विक्रम सोबले १५ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest