अस्ट्रेलिया विरुद्धको एक दिवसीय क्रिकेटको सिरिज भारतले जित्यो

अस्ट्रेलिया विरुद्धको एक दिवसीय क्रिकेटको सिरिज भारतले जितेको छ । अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेट गुमाएर ४७.३ओभरमा पुरा गरेको थियो । पहिलो खेलमा पराजित भएको भारत दोस्रो र तेस्रो खेलमा जीत हात पार्दै भारतले सिरिज नै कब्जा गरेको हो ।

भारतका नियमित ओपनर शिखर धवन घाइते भएपछि उनको ठाउँमा केएल राहुल र रोहित शर्माले ओपनिङ गरेका थिए । राहुल र शर्माले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । राहुल १९ रन बनाएर आउट भए । त्यसपछि रोहित र कप्तान विराट कोहलीले १३७ रनको साझेदारी गरे । रोहितले १०९ बलमा शतक पुरा गरेका थिए । रोहितको एक दिवसीय क्रिकेटमा २९ औं शतक पनि हो । टिमको स्कोर २०६ रन हुँदा रोहित ११९ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान कोहली र श्रीयस एय्यरले ६८ रनको साझेदारी गर्दै जित नजिक लगेका थिए । कोहली ४५ दशमलब ५ ओभरमा भारतको स्कोर २७४ भएका बेला कोहली ८९ रन बनाएर आउट भए ।

त्यसपछि एय्यर र मनिष पाण्डेले भारतलाई सात विकेटको जीत दिलाए । एय्यर ४४ रनमा नट आउट रहँदा पाण्डेले पनि ८ रनको अविजित पारि खेले । अस्ट्रेलियाका जोस हेजलबुड, एस्टन अगर र एडम जाम्पाले एक एक विकेट लिए ।

बैंग्लोरमा टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेको थियो । अस्ट्रेलियाको सुरुआत भने राम्रो हुन सकेन ।
हार्डहिटर ओपनर ब्याट्सम्यान डेभिड वार्नर टिमको स्कोर १८ रन हुँदा आउट भएका थिए । उनी ३ रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका स्टेभन स्मिथ र आरोन फिन्चले पारि अघि बढाए । आरोन पनि व्यक्तिगत १९ रन जोड्दै आउट भएपछि अस्ट्रेलियाले दोस्रो विकेट ४६ रनमा गुमाएको थियो ।

स्मिथ र मार्नस लाबुसेनले १२७ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकासेका थिए । लाबुसेन अर्धशतक बनाउँदै आउट भए । उनले ५४ रनको योगदान गरे । त्यसलगत्तै मिचेल स्टार्कले खाता नै नखोली आउट हुँदा अस्ट्रेलियाले चौथो विकेट गुमाएको थियो । स्मिथ र एलेक्स केरीले फेरि ५८ रनको साझेदारी गर्दै स्कोर २०० रन कटाए । एस्टोन टर्नर ४ रन बनाएर आउट भएका थिए ।

एक विकेट पतन भएपछि क्रिजमा अएका स्टेभन स्मिथ भने शतक बनाएर आउट भए । उनी १३१ रन बनाएर आउट हुँदा अस्ट्रेलियाको स्कोर ४७.४ ओभरमा २७३ रन बनेको थियो ।
प्याट कम्युन खाता नै नखोलीआउट हुँदा एडम जाम्पाले १ रन जोडेका थिए । यस्तै एस्टोन अगर ११ र जोस हेजलवुड १ रनमा नट आउट रहे । भारतका मोहम्मद सामीले ४ विकेट लिँदा रविन्द्र जडेजाले २ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest