सन्दिपले २ विकेट लिएकाे खेलमा मेलबर्नले सिड्नीबाट पायाे १४४ रनकाे लक्ष्य

विग ब्यास लिग क्रिकेटमा मेलवर्न स्टार्ससले सिड्नी सिक्सर्सबाट १४४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङ गरेको सिड्नीले ३ विकेट गुमाएर १४३ रन बनाएको हो ।

३.१ ओभर खेलपछि वर्षाले प्रभावित गरेपछि खेल भने १४ ओभरमा भारिएको थियो । त्यसपछि सम्हालिएर प्रदर्शन गरेको सिड्नीले उत्कृष्ट ब्याटिङ गर्‍यो । नेपाली लेगस्पिनर सन्दीपले मेलवर्नका लागि सुरुमै २ विकेट लिँदै सफलता दिलाएपनि उक्त लयलाई सन्दीप र उनको टिमले कायम राख्न सकेन । सिड्नीका मोएस हेरिक्विसले ३१ बलमा ७२ रनको शानदार पारि खेले । उनले ८ छक्का र २ चौका प्रहार गरे ।

यस्तै जेम्स भिन्सले नट आउट ४१ रन बनाए । शुरुका दुई ओपनरलाई भने सन्दीपले आउट गरेका थिए । तीन ओभर बलिङ गर्दा ३८ रन खर्चिएर सन्दीपले २ विकेट लिएका हुन् । उनले आफ्नो पहिलो ओभरमै २ विकेट लिन सफल लिएका थिए । व्यक्तिगत पहिलो ओभर लिएर सन्दीप पाँचौं ओभरमा आएका थिए ।

पहिलो र दोस्रो बलमा एक एक रन खर्चिएका सन्दीपले तेस्रो बल डट राखे । चौथो बलमा डेनियल ह्युग्सलाई आउट गरेका थिए । उनी १४ रन बनाएर पेभेलियन फर्किए । पाँचौं बलमा १ रन खर्चिएका सन्दीपले अन्तिम बलमा पनि विकेट हात पार्न सफल भए । जोस फिलिपेलाई आउट गरेका थिए । उनी १०रन बनाएर आउट भए ।

सन्दीपले आफ्नो स्पेलको पहिलो बलमा दुवै ओपनरको विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिएका हुन् । तर दोस्रो ओभरमा ११ रन दिए भने तेस्रो ओभरमा २४ रन दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest