मलेसिया ११ विरुद्ध नेपाल ११ एक सय ३५ रनले विजयी

मलेसिया ११ विरुद्धको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल ११ एक सय ३५ रनले विजयी भएको छ ।

पोखरा क्रिकेट मैदानमा आरिफले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनको सतकका कारण नेपाल ११ ले दुई सय ७७ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपाल ११ ले ४८ ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७६ रन बनाया । उसका लागि आरिफले अविजीत एक सय एक रन बनाए भने सन्दिप जोराले ५६ तथा पारस खड्काले १६ र ज्ञानेन्द्र मल्लले १८ रन बनाए ।

यस्तै करण केसीले २५ रनको योगदान गरे ।

जवाफमा मलेसिया ३४ ओभरमा १४२ रनमा अलआउट भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest