इशान्त शर्मा फेरी घाइते

भारतीय तिब्रगतिका बलर इशान्त शर्मा न्यूजिल्याण्ड विरुद्धको टुर अगाडी घाइते भएका छन । रंन्जी ट्रफि अन्तर्गत अरुण जेट्ली स्टेडियममा भिर्दाबा विरुद्धको खेलमा उनको खुट्टामा चोट लागेको हो ।

भिर्दाभा विरुद्धको खेलमा दोस्रो पारीमा विपक्षी टिमका कप्तान फैज फजल विरुद्ध बलिङ गर्दा उनी चोटग्रस्त बनेका हुन । सो बेला उनले फैइ विरुद्ध आउटका लागि अपिल गर्दा उनको एंकज ट्विस्ट भएको थियो ।

तत्काल फिजियोले उनको प्राथमिक उपचार गर्न मैदान बाहिर लगेका थिए । उनलाई बाहिर लिगपनि केहि सपोर्ट स्टाफले बोकेका थिए ।

उनको चोटका बारेमा विस्तृत जानकारी आउनका बाँकी रहेको र यदि उनको चोट गहिरो हो भने उनले न्यूजिल्याण्ड विरुद्धको टुर गुमाउने भएका छन ।

भारतीय टिममा हालका लागि अनुभवी टेष्ट बलर विना नै टिम न्यूजिल्याण्ड जानुपर्ने संभावना धेरै रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest