बिश्वकप क्रिकेट लिग २ का लागि अमेरीकी टिमकाे घाेषणा

माघ अन्तिम साता काठमाडाैंमा हुने विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाले टीमकाे घोषणा गरेकाे छ ।

नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा हुँदैछ । जसका लागि मैदानकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । याे प्रतियाेगिताका लागि अमेरीकाले तयारी भारतकाे मुम्बईमा गर्ने भएकाे छ । अमेरिकी टिम जनवरी २४ मा मुम्बई पुग्नेछ । जहाँ उसले मुम्बई क्रिकेट एसोसिएसन एघारसँग ३ अभ्यास खेलसमेत खेल्नेछ ।

नेपालकाे माैसमसँग केहि भएपनि घुलमिल हुन अमेरीकाले मुम्बईमा क्याम्प राखेकाे हाे । शौरभ नेत्रभाल्करको कप्तानीमा अमेरीकाले १४ सदस्यीय टोली घोषणा गरेको हो ।

अमेरिकी टिम
शौरभ नेत्रभाल्कर (कप्तान), ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन, स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे,

बिश्वकप लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा रहेकाे छ । उसले ८ खेलमा ६ मा जित हात पारेकाे छ ।

नेपाली टिम भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । प्रशिक्षणमा २४ खेलाडी छन् । नेपालकाे अन्तिम नामावली प्रतियाेगिताकाे एक साता अगाडी सार्वजनिक गरिनेछ ।

बिश्वकप लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल बिरूद्ध ओमान

माघ २३ ओमन बिरूद्ध अमेरिका

माघ २५ नेपाल बिरूद्ध अमेरिका

माघ २६ नेपाल बिरूद्ध ओमान

माघ २८ अमेरिका बिरूद्ध ओमान

माघ २९ नेपाल बिरूद्ध अमेरिका

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest