नेपाल-११काे लगातार दाेस्राे जित, मलेसिया-११ एक सय ७० रनले पराजित

नेपाल भ्रमणमा रहेको मलेसिया ११ टिम विरुद्ध नेपाल ११ टिमले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपाल ११ ले मलेसिया ११ लाई एक सय ७० रन हरायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ११ ले ५० ओभरमा ७ विकेट गुमाएर २९० रन बनायो । बलियो सुरुवात गरेको नेपाल ११ ले ५४ रनमा पहिलो विकेट गुमाएको थियो ।

नेपाल ११ का लागि सुवास खकुरेल ४८, सुनिल धमलाले २४, ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनले ५५ रनको योगदान गरे । यस्तै रोहित पौडेलले पनि नेपालका लागि अर्धशतक बनाए । उनले ५३ रन जोडे ।

लोकेश बमले ३२ रन बनाउँदा बिनोद भन्डारीले २१ थपे । बाँकी खेलाडीमा पवन शरफ १२, कमल सिंह ०, सुसान भारी १६, किशोर महतो एक रन जोडे ।

जवाफमा मलेसिया एघार २८ ओभर चार बलमा १२० रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोडे ।

जसमा भुशन साभेले २४ रन बनाए भने सेइद अजिजले २८ रनको योगदान गरे । यस्तै भिरन्दीप सिंहले २३ रन बनाउँदा अहमेद फेइजले १९ रन जोडे । उसका बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

मलेसिया ११ ले पाँच रनमा पहिलो विकेट गुमाएको थियो भने १८ रनमा दोस्रो, २५ रनमा तेस्रो विकेट झरेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । अन्नतः १२० रनमा अलआउट भयो ।

नेपालका लागि ललित राजवंशी र किशोर महतोले तीन तीन विकेट लिए । यसअघि पहिलो खेलमा पनि नेपाल ११ विजयी भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest