सन्दिप लामिछानेलाई इतिहास बनाउने अवसर

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको टिम मेलर्बन स्टार्सले बुधबार एडीलेड स्टाइकर्ससँग खेल्दैछ । बुधबारको खेलमा सन्दिप खेल्ने प्रबल संभावना रहेको छ ।

जारी लिगमा सन्तोषजनक प्रदर्शन गरिरहेका सन्दिपले जारी लिगमा ११ खेलमा १४ विकेट लिएका छन । यदि उनले एडीलेड विरुद्ध दुई विकेट लिएमा टी २० मा विकेटको शतक बनाउनेछन । उनले अहिलेसम्म ९८ विकेट लिएका छन ।

सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन । विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी २० एस मा ७१ खेलमा १८ सय १७ रनमा ९८ विकेट लिएका हुन । उनको बेष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।

सन्दिपले फ्रेन्चाइजी लिगको पहिलो खेलमा आरसीबी विरुद्ध २५ रन दिएर एक विकेट लिएका थिए । सो आइपीएलमा उनले तीन खेलमा पाँच विकेट लिएका थिए ।

यस्तै सोहि बर्ष उनले ग्लोबल टी २० क्रिकेट पनि खेले जसमा उनले पाँच खेलमा आठ विकेट लिए । २०१८ के सेप्टेम्बरमा सन्दिपले पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिग खेले ।

विश्वका सात वटा फ्रेन्चाइजी लिग खेलेका सन्दिपले सबै प्रतियोगितामा सफल बलिङ गरेका छन ।

यस्तो छ सन्दिपको बलिङ

२०१८ इन्डियन प्रिमियर लिग (आईपीएल) ३ खेल ५ विकेट

२०१८ क्यारेबिन प्रिमियर लिग ५ खेल ७ विकेट

२०१८ अफगानिस्तान प्रिमियर लिग १ खेल २ विकेट

२०१८-१९ बिग ब्यास लिग  ८ खेल ११ विकेट

२०१८-१९ बङ्गलादेश प्रिमियर लिग  ६ खेल ४ विकेट

२०१९ पाकिस्तान सुपर लिग ७ खेल ११ विकेट

२०१९ आईपीएल  ६ खेल ८ विकेट

२०१९ क्वारेबिन प्रिमियर लिग ६ खेल ८ विकेट

२०२०- ब्यास लिग ११ खेल १४ विकेट (जारी)

नेपाली राष्ट्रिय टिमबाट टि-२० आईमा १८ खेल २८ विकेट

अब सन्दिपको नजर एडिलेडको खेलमा हुनेछ ।यसअघि सिड्नी सिक्सर्स विरुद्ध पनि दुई विकेट लिएका सन्दिपको टिम मेलबर्न भने पराजित भएको थियो । जुन जारी लिगमा उसको दोस्रो हार थियो । मेलबर्नको १२ खेलमा २० अंक रहेको छ । जसमा उसले १० मा जित र दुईमा हार ब्यहोरेको छ ।

लिगको तेस्रो स्थानमा रहेको एडीलेडको ११ खेलमा ६ जित र चार हारका साथ १३ अंक रहेको छ । भोलीको खेलमा मेलबर्नका दुई मुख्य खेलाडी एडम जाम्पाले कमब्याक गर्नेछन । उनी भारतविरुद्धको तीनदिवसिय सिरीजका लागि राष्ट्रिय टिममा रहेका थिए ।

मेलबर्नले एडीलेड विरुद्ध सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा सन्दिपको नाम अटाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest