त्रिकाेणात्मक सिरीजका लागि ओमान टिमको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, अमेरीका विरुद्धको त्रिकोणात्मक सिरीजका लागि ओमानले टिमको घोषणा गरेको छ ।

ओमान क्रिकेट संघले आज सार्वजनिक गरेको खेलाडीको सूचीमा १४ जना रहेका छन । यो प्रतियोगिताका लागि ओमानटिमले यसअघि खेलेको नामिविया विरुद्धको सिरीजमा कुनै परिवर्तन गरेको छैन ।

जिसान मक्सुदको कप्तानीमा रहेको टिममा अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बादल सिंह, अहमेद फैज बुट, कलिमुल्ला, बिलाल खान छन ।

टिम अफिसियलमा ब्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलंकन दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन ।

कीर्तिपुर क्रिकेट मैदानमा माघ २२ गतेबाट सुरु हुने प्रतियोगितामा ओमानले पहिलो खेल नेपालसँग खेल्नेछ । प्रतियोगितामा कुल ६ खेल हुनेछन । जसमा हरेक टिमले दुई दुई खेल खेल्नेछन ।

प्रतियोगिताको अंक तालिकामा ओमान आठ अंकका साथ चौथो स्थानमा रहेको छ । ओमान टिम प्रतियोगिता भन्दा तीन दिन अगाडी काठमाडौं आइपुग्ने बताइएको छ ।

जारी लिगमा ओमानले ८ खेलमा चार जित दुई हार ब्यहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest