सन्दिप लामिछानेले तीन ओभरमा २४ रन खर्चिए

बिग ब्यास क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेले तीन ओभरमा २४ रन खर्चिए ।

सन्दिपले पहिलो ओभरमा ५ रन दिएका छन ।

टिमको दशौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक तथा तेस्रो बलमा पनि एक रन खर्चिए । चौथो बलमा पनि उनले एक रन दिए । पाँचौ बल डट फालेको उनले छैटौ बलमा पनि रन दिएनन् ।

त्यसपछि दोस्रो ओभरमा उनले १३ रन खर्चिए ।

टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बलमा उनले चौका खान पुगे । उनलाई एलेक्स कारेले लेग साइडमा चौका प्रहार गरे ।

त्यसपछि चौथो बलमा सन्दिपको बलमा एलेक्सले छक्का प्रहार गरे । पाँचौ बलमा एक रन दिएका सन्दिपले अन्तिम बल डट फाले ।

सन्दिपले ब्यक्तिगत तेस्रो ओभरमा सात रन खर्चिए ।

टिमको १५ औं ओभर लिएर आएका सन्दिपले पहिलो बल डट फालेपनि दोस्रो बलमा चौका खान पुगे । त्यसपछि तेस्रो बल डट फालेका उनले चौथो बलमा लेग बाइमा एक रन दिए । पाँचौ बलमा पनि एक रन खर्चिएका सन्दिपले अन्तिम बलमा एक रन दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest