कीर्तिमान बनाउन सन्दिपले अर्काे खेल कुर्नुपर्ने

अन्तराष्ट्रिय टी २० क्रिकेटमा एक सय विकेट पुर्याउन नेपाली बलर सन्दिप लामिछानेलाई एक खेल फेरी कुर्नुपर्ने भएको छ । बिग ब्यास क्रिकेट लिगमा एडीलेड विरुद्धको खेलमा विकेट विहिन भएपछि सन्दिपलाई विकेटमा शतक बनाउन अर्को खेल कुर्नुपर्ने भएको हो । उनले एडीलेड विरुद्ध चार ओभरमा २४ रन खर्चिदा विकेट लिन सकेनन् । उनले आज पुरै चार ओभर बलिङपनि गर्न पाएनन् ।

सन्दिपले पहिलो ओभरमा ५ रन दिएका छन । टिमको दशौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक तथा तेस्रो बलमा पनि एक रन खर्चिए । चौथो बलमा पनि उनले एक रन दिए । पाँचौ बल डट फालेको उनले छैटौ बलमा पनि रन दिएनन् ।

त्यसपछि दोस्रो ओभरमा उनले १३ रन खर्चिए । टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बलमा उनले चौका खान पुगे । उनलाई एलेक्स कारेले लेग साइडमा चौका प्रहार गरे ।
त्यसपछि चौथो बलमा सन्दिपको बलमा एलेक्सले छक्का प्रहार गरे । पाँचौ बलमा एक रन दिएका सन्दिपले अन्तिम बल डट फाले ।
सन्दिपले ब्यक्तिगत तेस्रो ओभरमा सात रन खर्चिए ।

टिमको १५ औं ओभर लिएर आएका सन्दिपले पहिलो बल डट फालेपनि दोस्रो बलमा चौका खान पुगे । त्यसपछि तेस्रो बल डट फालेका उनले चौथो बलमा लेग बाइमा एक रन दिए । पाँचौ बलमा पनि एक रन खर्चिएका सन्दिपले अन्तिम बलमा एक रन दिए ।

सन्दिपले आज दुई विकेट लिएको खण्डमा टी २० मा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए । तर उनले बलिङ कसिलो गरेपनि विकेट हात पार्न सकेनन् । टी २० मा सन्दिपले ७३ खेलमा ९८ विकेट पुर्याएका छन । जसमा उनले राष्ट्रिय टिमबाट २८ विकेट लिएका छन भने बाँकी ७० विकेट अन्तराष्ट्रिय फ्रेन्चाइजी लिगमा लिएका छन, जुन आइसीसीबाट मान्यता प्राप्त छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest