टी-ट्वान्टी बरियतामा नेपाल १२ औं स्थानमा कायम

अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टी बरियतामा नेपाल १२ औं स्थानमा यथावत रहेकाे छ । पछिल्लाे पटक कुनैपनि अन्तराष्ट्रिय खेल नखेलेकाे नेपालकाे बरियतामा असर भने परेकाे छैन ।

नयाँ वरियता अनुसार नेपालकाे २४ खेलमा १ सय ९२ रेटिङ छ । अघिल्लाे महिनाकाे बरितामा पनि नेपाल यहि स्थानमा रहेकाे थियाे । नेपालकाे अहिलेसम्मकाे उच्च बरियता ११ स्थान रहेकाे छ ।

विश्व वरियतामा भने पाकिस्तान शीर्ष स्थानमा छ । यस्तै ब्यक्तिगत तर्फ ब्याटिङमा नेपालका पारस खड्का ६० औं स्थानमा छन् ।  अलराउण्डतर्फ पारस २ स्थान तल झर्दै २५ बाट २७ औं स्थानमा पुगेका छन । सोमपाल एक स्थान सुधार गर्दै ६७ औं स्थान छन् । करण केसी अलराउण्डरतर्फ एक स्थान तल झर्दै ७६ औं स्थानमा छन् ।

बलिङमा सन्दिप लामिछानेले एक स्थान सुधार गर्दै ८३ औं स्थानमा पुगेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest