क्यान-११ लाई मलेसिया-११ काे १ सय ५८ रनको लक्ष्य

तेस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा क्यान-११ लाई मलेसिया-११ ले १ सय ५८ रनको लक्ष्य दिएकाे छ ।

पोखरा रंगशालामा पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा १ सय ५७ रनमा अलअाउट भयाे । उसका लागि भुसन सेभले सर्वाधिक ३० रन बनाए । यस्तै सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रनकाे याेगदान गरे ।

मलेसियालाई सस्तैमा समेट्न क्यानका अविनास बोहराले ३ विकेट लिए ।

यसअघि क्यान ११ ले पहिलो खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो भने दोस्रो खेलमा १ सय ७० रनको जित हात पारेकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest