क्यान ११ ले मलेसिया ११ लाई ५ विकेटले हरायो

नेपाल भ्रमणमा रहेको मलेसिया ११ विरुद्धको खेलमा क्यान ११ ले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा क्यान ११ ले मलेसिया ११ लाई ५ विकेटले हरायो ।

पोखरा रंगशालामा पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा १ सय ५७ रनमा अलअाउट भयाे । उसका लागि भुसन सेभले सर्वाधिक ३० रन बनाए । यस्तै सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रनकाे याेगदान गरे ।

मलेसियालाई सस्तैमा समेट्न क्यानका अविनास बोहराले ३ विकेट लिए ।

जवाफमा क्यान ११ ले २३ ओभर ५ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । क्यान ११ को जितमा रोहित पौडेलले ८१ रनको पारी खेले । उनले ७० बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

यस्तै आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ तथा लोकेश बमले २६ रन बनाए ।

यसअघि क्यान ११ ले पहिलो खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो भने दोस्रो खेलमा १ सय ७० रनको जित हात पारेकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest