२०२१ मा हुने टी २० विश्वकपमा छनोट हुने प्रक्रिया फाइनल

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२१ मा हुने टी २० विश्वकपमा छनोट हुने प्रक्रिया फाइनल गरेको छ । आइसीसीले विज्ञेप्ती सार्वजनिक गर्दै भारतमा हुने टी २० विश्वकपमा स्थान बनाउन छनोट चरण पार गरेर आउनुपर्नेछ ।

१६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि आइसीसी च्याम्पियनस ट्रफि खेल्ने आठ टिमले सोझै स्थान बनाउनेछन । अरु टिमका लागि क्षेत्रीय छनोट प्रक्रियाबाट आउनुपर्नेछ । जसका लागि ११ क्षेत्रीय छनोट प्रतियोगिता हुनेछ । जसमा पाँच वटा महादेशमा हुनेछ । जसबाट आठ टिम अन्तिममा छनोट हुनेछन ।

यसै बर्ष हुने टी २० विश्वकपको पुछारमा रहेका चार टिमले क्षेत्रीय छनोट खेल्नुपर्नेछ । ग्लोबल छनोटमा स्थान बनाउन उनीहरुले जनवरी १ तारिखसम्म बरियतामा माथिल्लो स्थानमा रहेको एसोसियट टिम नेपाल, जिम्बावे, युएई र हङकङसँग खेल्नेछन ।

यसको अर्थ चार टिमको स्थानका लागि १६ देशले प्रतिस्पर्धा गर्नेछन । जसमा दुई वटा फरक ग्लोबल छनोटमा शिर्ष दुईमा रहने टिमले टी २० विश्वकप खेल्नेछन । यसपटक हुन लागेको टी २० विश्वकपको पहिलो चरणमा पुग्ने १२ टिमले सोझै अर्कोपटकको विश्वकपमा स्थान बनाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest