काठमाडाैं पुग्नु अगाडी अमेरीकी टिमकाे भारतमा तयारी सुरू

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपाल र ओमान विचको त्रिकोणात्मक सिरीजका लागि अमेरीकी क्रिकेट टिमले भारतमा तयारी सुरु गरेको छ ।

भारतको मुम्बई स्थित सचिन तेन्दुलकर जिमखाना मैदानमा अमेरीकी टिमले तयारी सुरु गरेको हो । माघ २२ गतेबाट काठमाडौंमा सुरु हुने प्रतियोगिताका लागि अमेरीकी टिमले वातावरणसँग घुलमिल हुन र केहि अभ्यास खेलका लागि मुम्बईमा क्याम्प राखेको हो ।

जसमा अमेरीकी टिमले तीन वटा स्थानीय क्लवसँग अभ्यास खेल खेल्नेछ । १० दिनको प्रशिक्षण सकेपछि नेपाली टिम काठमाडौं आइपुग्नेछ । त्यो भन्दा अगाडी अमेरीकी क्रिकेट टिमका प्रतिनिधी काठमाडौं पुग्नेछन । उनले नेपालको तयारीका साथै अरु ब्यवस्थाका बारेमा निरिक्षण गर्ने बताइएको छ ।

अमेरिकाको टोली:

सौरभ नेट्रावाल्कर (कप्तान)

स्टेभेन टेलर

करिमा गोरे

इयान होल्यान्ड

अक्षय होमराज

एल्मोरे हट्चिनसन

आरोन जोन्स

नोस्थुश केन्जिगे

जेभिएर मार्शल

मोनांक पटेल

तिमिल पटेल

निसराग पटेल

क्यामरोन स्टेभेन्सन

रस्टी थेरन

यहि प्रतियोगितालागि नेपाली क्रिकेट टिमपनि तयारीमा रहेको छ । पोखरामा १० दिन लामो प्रशिक्षणपनि नेपाली टिमले कीर्तिपुर मैदानमा तयारी रहेको छ । यस प्रतियोगिताका लागि बिग ब्यास लिगबाट सन्दिप लामिछानेपनि आज काठमाडौं पुग्नेछन । उनले भोलीबाट प्रशिक्षणमा सामेल हुने बताइएको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग खेल्नेछ । अमेरीकाले पहिलो खेल ओमानसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest