इपीएलका लागि ललितपुरले ल्यायाे श्रीलंकन बिस्फाेटक ब्याट्सम्यान

नेपालमा हुन लागेकाे एभरेष्ट प्रिमियर लिगमा एकपछि अर्काे गरी स्टार बिदेशी खेलाडी भित्र्याउने क्रम सुरू भएकाे छ । यस्तैमा ललितपुर प्याट्रियट्सले श्रीलंकन खेलाडी उपुल थरंगालाइ अनुबन्ध गरेकाे छ ।

थरंगाले श्रीलंकाबाट तीन वटै फरम्याट खेलेका छन । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि-२० खेलेका छन । बाँया हाते ब्याट्सम्यान थरंगाले सन् २००५ मा भारत बिरुद्ध टेस्टमा डेब्यु गरेका छन । साेहि सिरीजमा एकदिवसीयमा डेब्यु गरेका थरंगाले टेस्टमा १७ सय ५४ रन बनाएका छन भने र एकदिवसीयमा ६ हजार नौं सय ५१ रन प्रहार गरेका छन् ।

उनले टी २० मा भने २६ खेलमा मात्र ४०७ रन बनाएका छन । साे फरम्याटमा उनले सन् २००६ मा इंग्ल्यान्ड बिरुद्ध डेब्यु गरेका थिए । ललितपुरले याे सिजनमा बिदेशी खेलाडीका रूपमा थरंगालाइ ल्याएकाे हाे । यसका साथै केहि दिनमा अरू खेलाडीलाइ पनि उसले सार्वजनिक गर्नेछ ।

यसपटककाे इपीएलमा ठुलाे नाम भएकाे खेलाडी ल्याउने हाेड चलेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest