आइपीएलकाे उद्घाटन र समापन मुम्बईमा हुने

इन्डियन प्रिमियर लिग क्रिकेटको इतिहासमा पहिलो पटक अल स्टार खेल खेलाइने भएको छ । जसमा नो बल अम्पायर हुने छैन ।

आइपीएलमा सहभागि ८ टिमबाट दुईवटा टिम तयार पारेर यो खेल खेलाइने भएको छ । आइपीएल सुरु हुनभन्दा तीन दिन अगाडी यो खेल खेलाइनेछ । जसमा उत्तर भारतमा रहेका टिम र पश्चिम भारतमा रहेका टिमलाई छुट्याएर दुई टिम बनाइनेछ ।

किंग्स इलावेन पञ्जाव, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, कोलकाता नाइराइटर्सबाट एक टिम बनाइने छ भने चेन्नेइ, बैंग्लोर, हैदारावाद र मुम्बईबाट एक टिम बनाइनेछ । यो खेल कहाँ हुने भन्ने एकिन भने भएको छैन ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र आइपीएल गर्भनिङ काउन्सिलका प्रमुख ब्रिजेस पटेलविच दिल्लीमा भएको बैठकले यो खेलका बारेमा निर्णय गरेको हो । यो खेलमा मुख्यगरि स्टार खेलाडीको सहभागिता हुनेछ ।

यसका साथै सो बैठकले आइपीएलको उद्घाटन र समापन मुम्बईको होम मैदान वाङखडे क्रिकेट मैदानमा गर्ने निर्णय गरेको छ । यसका साथै राती हुने खेलको समयका बारेमा पनि गम्भिर छलफल भएको थियो । आइपीएलको होस्ट ब्रोडकास्टर टिम स्टार इन्डिया रातिको खेल ८ बजेबाट सुरु गर्न सुझाव दिइरहेको छ । तर कुनै टिमभने यो समयमा सुरु गरेमा एक टिमले सितको फाइदा उठाउने भन्दै असहमति जनाइरहेका छन । तर बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले रातिहुने खेलको समय परिवर्तन नहुने बताएका छन ।

प्रतियोगिता सुरु हुन दुई महिना बाँकी रहेका बेला अझै आयोजकले आइपीएलको मिती सार्वजनिक गरेका छैनन् । यसको कारण बिसीसीआइले खुलाएको छैन, तर बुझिए अनुसार अष्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीको समय एकिन नहुँदा तालिका सार्वजनिक नगरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest