गेललाई भित्र्याउन ललितपुर प्रयासरत

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्न वेष्ट इण्डिजका खेलाडी क्रिस गेललाई ललितपुर प्याट्रियट्सले प्रस्ताव गरेको छ ।

साे बेला इन्डियन प्रिमियर लिगकाे तयारीमा रहने भएपनि २ खेलका लागि उनलाइ इपीएल खेल्न ललितपुरले प्रस्ताव गरेकाे हाे ।

ललितपुरले सोमबार मात्र श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगालाई आफ्नो टिममा पक्का गरेको थियो ।

चौथो संस्करणको ईपीएलका लागि यसअघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै, आयोजकले ड्वेन स्मिथसंगै यस संस्करणमा दक्षिण अफ्रिकाका हसिम अमला, इंग्ल्यान्डका लायम प्लङ्केट, अफगानिस्तानका मोहमद सहजाद, श्रीलंकाका उपल थरंगा जस्ता खेलाडीको खेल कौशल देख्न सकिने जनाएको छ ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest