इपीएलका लागि नेपाली खेलाडी सार्वजनिक

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि विभिन्न टिमले खेलाडी रिलज तथा अनुबन्ध गरेका छन् । भैरहवा ग्लाडियटर्सले प्रकाश केसी र भुपेन्द्र थापा क्षत्रीलाई रिलिज गरेको छ भने विराटनगर वारियर्सले पुष्प थापा, विनोद लामा र रविन क्षत्रीलाई रिलिज गरेको जनाएका छन् ।

यसैगरी चितवन टाइगर्सले पृथु बास्कोटलाई रिलिज गरेको छ भने काठमाडौं किंग्स इलाभेनले सिद्धान्त लोहोनी, विक्रम कुमार भुषाल र पुरन विश्वकर्मालाई रिलिज गरिएको जनाएको छ । पोखरा राइनोजले राजेश पुलामी मगर, सौरब खनाल र सुवेन्दु पाण्डेलाई रिलिज गरेको छ ।

यसैगरी पहिलो चरणमा भैरहवाले विकास अग्रीलाई ५० हजारमा अनुबन्ध गरेको छ भने विराटनगले अनिल खरेललाई १ लाख २७ हजार, विक्रम कुमार भुषाललाई १ लाख १७ हजार र सौरब खनाललाई १ लाख ७ हजारमा अनुबन्ध गरेको जनाइएको छ । यस्तै शेर मल्ललाई काठमाडौंले ८६ हजारमा खरिद गर्दा अमृत भट्टराई र दीपेन्द्र रावतमाथि ५१–५१ हजार खर्चिने भएको छ ।

पोखराले रित गौतमलाई १ लाख २० हजारमा अनुबन्ध गर्दा पृथु बास्कोटालाई ७५ हजार विवेककुमार यादवलाई ६० हजार र विपिन रावललाई ५० हजारमा अनुबन्ध गरेका छन् ।

दोस्रो चरणको विडिङबाट भैरहवाले हिमान्सु दत्तलाई ५५ हजार तिर्ने भएको छ भने चितवनले खडक बोहोरालाई ५० हजारमा लिएको छ । विदेशी खेलाडीहरुको नाम भने उल्लेख गरिएको छैन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest