अमेरीका र ओमान अर्काे साता काठमाडाैं पुग्ने

आसन्न आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक सिरीजका लागि अमेरीका र ओमान आइतबार र सोमबार नेपाल आउने भएका छन ।

प्रतियोगिताका लागि अमेरीका आइतबार काठमाडौं आइपुग्ने भएको छ भने ओमान सोमबार पुग्नेछ । यहि प्रतियोगिताका लागि हाल मुम्बईमा प्रशिक्षण र अभ्यास खेल खेलिरहेको अमेरीका फेब्रेवरी दुई तारिख अर्थात माघ १९ गते साँझ काठमाडौं ओर्लिनेछ ।

अमेरीकाले मुम्बईमा तीन वटा अभ्यास खेलका साथै प्रशिक्षणका लागि १० दिनको क्याम्प राखेको छ ।

यस्तै २० गते अर्थात सोमबार साँझ ओमान सोझै काठमाडौं पुग्नेछ । उसले यो प्रतियोगिताका लागि घरेलु मैदानमा नै प्रशिक्षण गरिरहेको छ । श्रीलंकन प्रशिक्षकको प्रशिक्षणमा रहेको ओमानी टिममा नेपाली भाषी खेलाडीका साथै प्रायः सबै भारत र पाकिस्तानी खेलाडी रहेका छन ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर अमेरीकाले र ओमानले ८ खेल खेलिसकेका छन । जसमा अमेरीकाले ६ मा जित र दुई हार ब्यहोरेको छ । पुरै सिरीजमा उसका मुख्य गरि शिर्ष दुई खेलाडी चलेका छन । उसको अंक तालिकामा १२ अंक रहेको छ । यस्तै ओमानले ८ खेलमा चार जित र दुई हार ब्यहोर्दे ८ अंकका साथ चौथो स्थानमा रहेको छ ।

ओमान टिम

जिसान मक्सुद (कप्तान), अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बाडल सिंह, अहमेद फैज बट, कलिमुल्ला, बिलाल खान छन ।

अमेरिकी टिम
शौरभ नेत्रभाल्कर (कप्तान), ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन, स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest