न्युजिल्यान्ड बिरुद्धको टी २० सिरीज भारतले जित्यो

 न्युजिल्याण्डविरुद्धको तेस्रो टी २० मा भारत सुपर ओभरमा विजयी भएको छ । यो सँगै सिरिजमा ३–० ले अघि रहँदै भारतले उपाधि जिति सकेको छ ।

पहिला ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १७९ रन बनाएको थियो । १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले पनि निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७९ रन मात्रै जोड्न सके पछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा न्युजिल्याण्डले भारतलाई १८ रनको लक्ष्य दिएको थियो । केन विलिम्यसनले ११ तथ गप्टिलले ५ रन बनाउँदा एक रन बाई मार्फत आएको थियो । सुपर ओभरमा भारतका जसप्रित बुमराहले बलिङ गरेका थिए ।

१८ रनको लक्ष्य पछ्याएको भारतले २० रन बनाउँदै तेस्रो टी २० पनि जित्न सफल भयो । यो सँगै भारतले ५ टी २० सिरिज ३–० ले जितेको छ । अब २ वटा टी २० बाँकी छन् । भारतले दिएको १८० रनको लक्ष्य न्युजिल्याण्डका कप्तान केन विलिम्यसनको उत्कृष्ट पारिसँगै जित नजिक पुगे पनि खेलको नतिजा सुपर ओभरबाट निकाल्नु पर्ने अवस्था आएको थियो ।

मोहम्मद सामिले विलिम्सनलाई आउट गर्दा न्युजिल्याण्डलाई जीतका लागि ३ बलमा २ रन आवश्यक थियो । तर अन्तिम ओभरको चौथो बल डट राखेका थिए । पाँचौं बलमा बाइ मार्फत १ रन खर्चिएका सामीले अन्तिम बलमा जीतका लागि १ रन आवश्यकको अवस्थामा न्युजिल्याण्ड पुगेको थियो । तर अन्तिम ओभरको अन्तिम बलमा रस टेलरलाई १७ रनमा आउट गरे पछि खेल ‘टाइ’ भयो । त्यसपछि खेलको नतिजा सुपर ओभरमा पुगेको थियो ।

न्युजिल्याण्डको पहिलो पारिमा मार्टिन गप्टिलले ३१ रन जोड्दा कोलिन मुनरोले १४ रन बनाएर आउट भएका थिए । भारतका लागि मोहम्मद सामी र सार्दुल ठाकुरले २–२ विकेट लिँदा युजबेन्द्र चहल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले ६५ रन बनाए भने विराट कोहलीले ३८ रन जोड्दा लोकेश (केएल) राहुलले २७ रन जोड्दा श्रेयस एयय्रले १७ रन थपे ।
बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरेको थियो । तर उसले ९६ रन बनाउँदा तीन विकेट गुमायो । बलिङमा न्यूजिल्याण्डका हामिट बेनेटले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest