दाेस्राे अभ्यास खेलमा अमेरीकी टिम ४ विकेटले पराजित

नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसिय सिरीजको तयारीमा हाल भारतको मुम्बईमा रहेको अमेरीकी क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा हार ब्यहोरेको छ ।

मुम्बई स्थित सचिन तेन्दुलकर जिमखाना क्रिकेट मैदानमा भएको खेलमा अमेरीकी टिम मुम्बई क्रिकेट संघ कोल्ट्ससँग चार विकेटले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको अमेरीकी टिम ३३ ओभर चार बलमा एक सय ७१ रनमा अलआउट भयो ।

उसका लागि इलमोर हुटचिनसोनले ५७ रन बनाए भने अक्ष होमराजले ४६ रन जोडे । यस्तै स्टेभेन टेलरले १५ तथा मोनाक पटेल र कमिरा गोरेले १०–१० रन बनाए । बलिङमा मुम्बईका धरुमील मटकरले तीन तथा अतिफ अत्तरावालाले दुई विकेट लिए ।

जवाफमा मुम्बई टिमले ३० ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा रुद्र धन्डेले ८४ रन बनाए भने सुफियान सेखले १९ तथा सुजित नायकले १७ रन बनाए । यस्तै जपजित रन्धवाले १२ रनको योगदान गरे ।

अब अमेरीकाले यो क्याम्पमा अन्तिम अभ्यास खेल खेल्न बाँकी रहेको छ । टिम आइतबार मुम्बईबाट साँझ काठमाडौं उत्रनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest