भारतबिरूद्ध न्यूजिल्याण्ड टस जितेर बलिङमा

पाँच टी–२० को सिरीजमा चौथो खेलमा अहिले न्यूजिल्याण्ड भारत खेल्दैछन । जसमा न्यूजिल्याण्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको छ ।

अघिल्ला तीन खेलमा लगातार जित निकाल्दै सिरीज जितिसकेको भारत चौथो जितको खोजिमा हुनेछ । न्यूजिल्याण्डको भूमीमा पहिलो पटक टी २० सिरीज जितेको भारतले आजको खेलमा पनि विजयी भएमा सिरीज क्लिन स्विप गर्ने सुनौलो मौका हुनेछ ।

यता घरेलु टिम न्यूजिल्याण्डपनि आफ्नो हारको श्रृखंलालाई पुर्ण विराम दिँदै सिरीजमा कमब्याक गर्न चाहन्छ । भारतको बलियो ब्याटिङको अगाडी न्यूजिल्याण्डको बलिङमा चुनौती भने रहेको छ ।

यसअघिका तीन खेलमा पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा सात विकेट र तेस्रो खेलमा सुपर ओभरमा जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest