भारतले न्यूजिल्याण्डलाई १६६ रनको लक्ष्य

न्युजिल्याण्डविरुद्धकाे चाैथाे टी २० क्रिकेटमा भारतले १६६ ‍‍‍ रनकाे  लक्ष्य दिएकाे छ । सिरिज जितिसकेकाे भारतले टस हारेर पहिला ब्याटिङ गरेकाे थियाे ।

रोहित शर्मालाई रेस्ट दिइएकाे खेलमा भारतका लागि केएल राहुल र सन्जु सामसने ओपनिङ गरेका थिए । पहिलाे विकेटकाे रुपमा सामसन ८ रन बनाएर आउट भए ।

त्यसपछि कप्तान विराट काेहली र राहुलले भारतकाे स्काेर ४८ रन पुर्‍याएका थिए । काेहली ११ रनमा आउट भएपछि भारतले दाेस्राे विकेट गुमायाे ।

तेस्राे विकेटकाे रुपमा श्रीयस ऐय्यर १ रनमा पेभेलियन फर्किदा भारतले ५२ रनमा तेस्राे विकेट गुमायाे ।

चाैथाे विकेटकाे रुपमा राहुल आउट भए । राहुलले ३९ रन बनाउँदा २६ बल फेस गर्दै ३ चाैका र २ छक्का प्रहार गरे । ८४ रन हुँदा भारतले पाँचाै‌ं विकेट गुमाएकाे थियाे । शिबम् दुवे १२ रनमा आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका मनिष पाण्डेले भारतकाे स्काेर १०० रन कटाए । उनी अन्तिमसम्म क्रिजमा रहँदै नट आउट ४९ रन बनाए । यसैगरी वासिङ्टन सुन्दरले खाता खाेल्न सकेनन् भने सार्दुल ठाकुरले २० तथा युजबेन्द्र चहल १ रनमा आउट भए । नवदीप सैनी ११ रनमा नट आउट रहे । न्युजिल्याण्डका इस साेडीले ३ विकेट लिँदा हामिस वेनेटले २ विकेट हात पारेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest