न्युजिल्यान्ड बिरुद्धको चौथो टी-२० खेलमा भारत विजयी

न्युजिल्याण्डविरुद्धको सिरिजमा भारतले ४–० को अग्रता बनाएको छ । सुपर ओभरमा १४ रनको लक्ष्य पछ्याएको भारतले १ विकेट गुमाउँदै १६ रन बनाएर खेल जितेको हो । सुपर ओभरमा पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले एक विकेट गुमाएर १३ रन बनाएको थियो ।

यसअघि तेस्रो टी २० पनि सुपर ओभरमा जाँदा भारत विजयी भएको थियो ।

भारतले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड निर्धारित ओभरमा ६ विकेट गुमाएर १६५ रनमै रोकिन पुग्यो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक परेका बेला न्युजिल्याण्डले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो । जसमा २ जना खेलाडी रन आउट भएका थिए ।

न्युजिल्याण्डलले पनि सुरुआत भने राम्रो गर्न सकेको थिए । २२ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको थियो । गप्टिल ४ रन बनाएर आउट भए । यसैगरी कलिन मुनरो र टिम सेफर्टले ७४ रनको साझेदारी गर्दै न्युज्लिाण्डलाई जित तर्फ अघि बढाएका थिए । मुनरो व्यक्तिगत ६४ रन बनाएर रन आउट भए । त्यसपछि क्रिजमा आएका टम बर्स भने खाता नै नखोली पेभेलियन फर्किए ।

सेफर्ट र रस टेलरले फेरि उत्कृष्ट साझेदारी गर्दै भारतविरुद्ध चौथो टी २० मा जित नजिक लगेका थिए । अन्तिम ओभरमा ७ रन चाहिएका बेला रस टेलर आउट हुन पुगे । उनी २४ रन बनाएर पेभेलियन फर्किएका थिए ।

दोस्रो बलमा ड्रेल मिचेलले चौका प्रहार गर्दै टिमको स्कोर १६३ रन बनाए । जीतका लागि ३ रन चाहिएका बेला तेस्रो बलमा टिम सेफर्ट रन आउट हुन पुगे । सेफर्ट ५७ रनमा आउट हुन पुगे चौथो बलमा स्टेनरले १ रन लिएपछि क्रिजमा आएका अर्का नयाँ ब्याट्सम्यान मिचेल पाँचौं बलमा आउट भएपछि अन्तिम बलमा जीतका लागि न्युजिल्याण्डलाई २ रनको आवश्यकता परेको थियो ।

तर अन्तिम बलमा जीतका लागि २ रन आवश्यक भएका बेला १ रन मात्रै आयो भने रन आउट हन पुगे । त्यसपछि खेल सुपर ओभरमा गएको हो ।

भारतका सार्दुल ठाकुरले २ विकेट लिँदा युजबेन्द्र चहल र जसप्रित बुमराहले एक एक विकेट लिए ।
सिरिज जितिसकेको भारतले टस हारेर पहिला ब्याटिङ गरेको थियो । भारतको शुरुआत भने राम्रो हुन सकेन । रोहित शर्मालाई रेस्ट दिइएको खेलमा भारतका लागि केएल राहुल र सन्जु सामसने ओपनिङ गरेका थिए । पहिलो विकेटको रुपमा सामसन ८ रन बनाएर आउट भए ।

त्यसपछि कप्तान विराट कोहली र राहुलले भारतको स्कोर ४८ रन र्पुयाएका थिए । कोहली ११ रनमा आउट भएपछि भारतले दोस्रो विकेट गुमायो ।
तेस्रो विकेटको रुपमा श्रीयस ऐय्यर १ रनमा पेभेलियन फर्किदा भारतले ५२ रनमा तेस्रो विकेट गुमायो ।
चौथो विकेटको रुपमा राहुल आउट भए । राहुलले ३९ रन बनाउँदा २६ बल फेस गर्दै ३ चौका र २ छक्का प्रहार गरे । ८४ रन हुँदा भारतले पाँचौं विकेट गुमाएको थियो । शिबम् दुवे १२ रनमा आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका मनिष पाण्डेले भारतको स्कोर १०० रन कटाए ।

उनी अन्तिमसम्म क्रिजमा रहँदै नट आउट ५० रन बनाए । यसैगरी वासिङ्टन सुन्दरले खाता खोल्न सकेनन् भने सार्दुल ठाकुरले २० तथा युजबेन्द्र चहल १ रनमा आउट भए । नवदीप सैनी ११ रनमा नट आउट रहे । न्युजिल्याण्डका इस सोडीले ३ विकेट लिँदा हामिस वेनेटले २ विकेट हात पारेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest