मेलबर्न स्टार्स बिग ब्यास लिगको क्वालिफायर्समा पराजित

बिग ब्यास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने रहेको टिम मेलबर्न स्टार्स क्वालिफार्यसमा सिड्नी सिक्सर्ससँग ४३ रनले पराजित भएको छ । यो जितसँगै सिड्नी बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४२ रन बनायो । उसका लागि जोस फिलिपले ३४ रन बनाए भने जोर्डन सिल्कले २५ रनको योगदान गरे । यस्तै स्टेभेन स्मिथले २४ रन बनाउँदा मोइसेस हेनरिक्सले १६ रन थपे ।

मेलबर्न स्टार्सका लागी एडम जाम्पाले तीन विकेट लिन सफल भए ।

जवाफमा मेलबर्न १८ ओभरमा ९९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । मेलबर्नको यो बिग ब्यासको इतिहासमा सर्वाधिक न्युन स्कोर हो । उसका लागि क्लिन्ट हिनक्लिफले सर्वाधिक २५ रन बनाउँदा निक माडिन्सन र कप्तान ग्लेन म्याक्सवेलले समान १६–१६ रन बनाए ।

सिक्सर्सका लागी सन अब्बोटले सर्बाधिक ३ विकेट लिए । यस्तै स्पिनर स्टिव ओ कीफ र जस हेजल वूडले समान दुई-दुई विकेट लिए ।

यो हारपछि अब फाइनल प्रवेशमा लागि मेलबर्नले सिड्नी थन्डर्स र एडीलेड स्टाइकर्स विचको विजेतासँग खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest