अमृतले इपीएल नखेल्ने

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्समा अनुबन्ध भएका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी अमृत भट्टराई नखेल्ने भएका छन ।

करिव पाँच बर्षपछि घरेलु प्रतियोगितामा कमब्याक गरेर पोखरा प्रिमियर लिग खेलेका अमृत यसै सिजनको इपीएलका लागि पनि काठमाडौंले अनुबन्ध गरेको थियो । तर अमृतको ब्यक्तिगत कामका कारण नेपालमा खेल्न नआउने भएका छन । उनी हाल अष्ट्रेलियामा रहेको र ब्यक्तिगत कारणले नेपाल फर्कन नमिल्ने भएकाले इपीएल नखेल्ने भएका हुन ।

यसपटकको इपीएलका लागि अमृतलाई काठमाडौं किंग्सले ५१ हजार रुपैयाँमा अनुबन्ध गरेको थियो । मध्यम गतिका बाँया हाते बलर अमृतले पीपीएलमा चार खेलमा दुई विकेट लिएका थिए । उनले उनले चार खेलमा नौ ओभर बलिङ गर्दा ४२ रन खर्चिएका थिए । उनको इकोनोमी चार दशमलव ६६ को रहेको थियो ।

अमृतले पीपीएलमा पाएको मौकामा राम्रो गरेपछि काठमाडौंले इपीएलका लागि पनि टिममा बोलाएको थियो । पीपीएल सकिएपछि अष्ट्रेलिया फर्किएका अमृत इपीएलका बेला उतै ब्यस्त हुने भएकाले नआउने पक्का भएको हो ।

नेपाली राष्ट्रिय टिमका एक पटकका मुख्य बलर रहेका अमृत चोटका कारण मैदानबाट बाहिर भएका थिए । त्यसपछि उनी अष्ट्रेलिया प्रस्थान गरेका थिए । हाल अष्ट्रेलिया बस्दै आएका उनले फेरी अर्को पटक यदि कुनै टिमले मौका दिएमा खेल्न आउने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest