बंगलादेशका बिरूद्ध पाकिस्तानकाे टेष्ट टिमकाे घाेषणा

पाकिस्तान क्रिकेट बोर्डले दुई जना अनुभवी खेलाडीलाई बंगलादेश विरुद्धको टेष्ट टिममा कमब्याक गराएको छ । जसमा अफस्पिनर विलाल आसिफ र अलराउण्डर फाहिम अस्रफ रहेका छन ।

पछिल्लो पटक २०१९ मा अष्ट्रेलिया विरुद्धको टेष्ट सिरीजमा टिममा रहेका दुबै आसिफ र अस्रफ त्यसपछि टिम बाहिर रहेका थिए । तर कासिफ भाटी र उस्मान सैनवारी यसपटक टिमबाहिर हुँदा उनको स्थानमा आसिफ र अस्रफले टिममा प्रवेश पाएका छन ।

आसिफ घरेलु प्रतियोगितामा धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन । अस्रफले सेन्ट्रल पञ्जावका लागि तीन खेलमा आठ विकेट लिएका थिए ।

आसिफले अहिलेसम्म पाँच टेष्ट खेलेका छन । जसमा उनले १६ विकेट लिएका छन । दुबईमा २०१८ मा अष्ट्रेलिया विरुद्ध डेब्यु टेष्टमा उनले ६ विकेट लिएका थिए । अस्रफले अन्तिम पटक दक्षिण अफ्रिकामा टेष्ट खेलका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest