अमेरीकी टिम आज काठमाडौं आइपुग्ने

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपाल र ओमान विरुद्धको त्रिकोणात्मक एकदिवसिय सिरीजका लागि अमेरीकी टिम आज काठमाडौं आइपुग्नेछ ।

भारतको मुम्बईमा दश दिनको प्रशिक्षण क्याम्प सकेर अमेरीकी टिम आज राति आठ बजे काठमाडौं आइपुग्नेछ ।

करिव १० बर्षपछि नेपालमा खेल्न आएको अमेरीका यसपटक बलियो टिमका रुपमा हेरिएको छ । विश्वकप लिग दुईको शिर्ष स्थानमा रहेको अमेरीकाले खेलेका आठ खेलमा दुईमा मात्र हार ब्यहोरेको छ ।

अमेरीकाले नेपालमा सन् २०१० मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो । जसमा अमेरीका नेपाल भन्दा पछाडी रहेको थियो । फाइनलमा नेपालसँग पाँच विकेटले पराजित भएको थियो ।

नेपालमा खेल्न आउनु अघि अमेरीकी टिमले नेपालसँग मिल्दो पिचमा अभ्यास खेल पनि खेलेको थियो । मुम्बईको सचिन तेन्दुलकर जिमखाना मैदानमा तीन अभ्यास खेल खेलेको थियो । जसमा पहिलो खेलमा जित निकाल्दा बाँकी दुई खेलमा हार ब्यहोरेको थियो ।

अमेरीकी टिमले नेपालमा पनि प्रशिक्षण गर्नुका साथै मुलपानीमा अभ्यास गर्ने बताइएको छ । त्रिकोणात्मक सिरीजमा अमेरीकाले पहिलो खेल २३ गते ओमानसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest