धेरै अर्धशतक बनाउने खेलाडी बने राेहित

भारतीय क्रिकेट टिमको ओपनर ब्याट्सम्यान रोहित शर्मा टी २० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन । विश्व टी २० मा रोहितले कुल २५ वटा अर्धशतक बनाउदै सर्वाधिक धेरे ५० रन बनाउने खेलाडी बने ।

न्यूजिल्याण्ड विरुद्धको पाँचौ टी २० खेलमा ६० रन बनाएका रोहितले नयाँ सफलता हात पारे । टी २० क्रिकेटमा ५० रन भन्दा बढि बनाउने खेलाडीको सूचीमा भारतकै विराट कोहली दोस्रो स्थानमा छन । उनले २४ अर्धशतक बनाएका छन । तेस्रो स्थानमा आयरल्याण्डका पउल स्ट्रलिङ रहेका छन । उनको नाममा १७ अर्धशतक छ ।

टी २० मा रोहितले दुई हजार सात सय ७३ रन बनाएका छन । जसमा उनको सर्वाधिक स्कोर एक सय ८ रन रहेको छ ।
न्यूजिल्याण्ड विरुद्धको

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest