भारतले दियाे एक सय ६४ रनको लक्ष्य

न्युजिल्याण्ड विरुद्धको पाँचौ तथा अन्तिम टी २० खेलमा भारतले एक सय ६४ रनको लक्ष्य दिएको छ ।

न्युजिल्याण्डको बे ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६३ रन बनायो ।

नियमित कप्तान विराट कोहलीलाई आराम दिएको खेलमा भारतका लागि रोहित शर्माले ६० रन बनाए भने लोकेश राहुलले ४५ तथा श्रेयस ऐयरले ३० रन बनाए ।

लगातार दोस्रो खेलमा मौका पाएका सञ्जु सामसन मात्र दुई रनमा आउट भए भने सिंभम दुबेले पाँच रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest