न्युजिल्याण्डविरुद्धको पाँच टी २० सिरीज भारतले क्लिनस्विप

न्युजिल्याण्ड विरुद्धको पाँच टी २० सिरीज भारतले क्लिनस्विप गरेको छ । पाँचौ तथा अन्तिम खेलमा भारत सात रनले विजयी भएपछि सिरीज ह्याइटवास गरेको हो ।

न्युजिल्याण्डको बे ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६३ रन बनायो ।

नियमित कप्तान विराट कोहलीलाई आराम दिएको खेलमा भारतका लागि रोहित शर्माले ६० रन बनाए भने लोकेश राहुलले ४५ तथा श्रेयस ऐयरले ३० रन बनाए । लगातार दोस्रो खेलमा मौका पाएका सञ्जु सामसन मात्र दुई रनमा आउट भए भने सिंभम दुबेले पाँच रन बनाए ।

आठ रनमा पहिलो विकेट गुमाएको भारतले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेको थियो । जसमा लोकेश राहुल र रोहित शर्माले दरिलो साझेदारी गरे । त्यसपछि ९६ रनमा दोस्रो विकेट गुमाएको भारतले १४८ रनमा तेस्रो विकेट झार्यो । बलिङमा न्युजिल्याण्डका स्कटले दुई विकेट लिए ।

जवाफमा न्यूजिल्याण्ड २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ५६ रन मात्र बनाउन सक्याे । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन ।

खराव सुरुवात गरेको न्युजिल्याण्डले सात रनमा पहिलो विकेट गुमायो । त्यसपछि १७ रन बनाउँद तीन विकेट खेर फालेको न्युजिल्याण्डको पारीलाई टिम सेइफेर्ट र रोस टेलरले उकालेका थिए ।

करियरको एक सयौ टी २० खेलिरहेका टेलरले टिमसँग मिलर ९९ रनको साझेदारी गरेका थिए । जसमा टिमले ५० रन बनाए भने टेलरले ५३ रनको योगदान गरे ।

एकसमय बलियो स्थितीमा रहेको न्युजिल्याण्डका अरु खेलाडी विच दरिलो साझेदारी हुन सकेन । जसका कारण उसले एक सय १६ रनमा चार विकेट गुमाउँदै एक सय ४१ रन बनाउँदा नौ विकेट खेर फाल्यो ।

न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न जसप्रित बुम्राहले तीन तथा नभदिप सैनी र सरदुल ठाकुरले दुई दुई विकेट लिए । भारत विरुद्ध घरेलु भूमीमा पहिलो पटक न्यूजिल्याण्डले यस्तो लज्जास्पद हार ब्यहोरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest