सन्दिपकाे सहयाेगकाे कदम

नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले आगामी २२ गतेदेखि सुरू हुने त्रिदेशीय एकदिवसीय क्रिकेट शृंखलामा लिएका प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणकाे सहयाेग गर्ने भएका छन ।

सन्दीपले आइतबार अाफ्नाे ट्विटरमार्फत याे जनकारी गराएका हुन । जसमा उनले चितवनमा निर्माणाधीन रंगशालाकाे निर्माणका लागि त्रिकाेणात्मक सिरीजमा अाफुले लिने हरेक विकेट बराबर साे रकम दिने बताए । साथै उनले उक्त रंगशाला चाँडै बन्नेमा बिश्वस्त रहेकाे बताए ।

उनले भनेका छन-‘म नेपाल क्रिकेटको एक शक्ति भएको हेर्न चाहान्छु । यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु,’ सन्दीपले ट्वीटरमा लेखेका छन्, ‘नेपालको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला चांडै यथार्थमा परिणत हुनेछ ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest