अमेरीकी क्रिकेट टिम काठमाडाैं पुग्याे

त्रिकोणात्मक सिरीजका लागि अमेरीकी क्रिकेट लिग नेपाल आइपुगेको छ । भारतको मुम्बईमा करीव १० दिनको बन्द प्रशिक्षण सकेर अमेरीकी टिम आज राति (आइतबार) काठमाडौं ओर्लिएको हो ।

मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरीकी टिम प्रतियोगिता भन्दा तीन दिन अगाडी काठमाडौं पुगेको हो । आइतबार राती आठ बजे काठमाडौं पुग्ने तालिका भएपनि विमान डिले हुँदा राति साढे १० बजे टिम नेपाल पुगेको हो ।

आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकाको शिर्ष स्थानमा रहेको अमेरीकाले मुम्बईमा तीन अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो । उसले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो ।

अमेरीकी टिमले काठमाडौंमा भोली कीर्तिपुरमा अभ्यास गर्नेछ । यस्तै पर्सि (मंगलबार) मुलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । अमेरीकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ ।

त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ । अमेरीकाले करिव १० बर्षपछि नेपाली भूमीको प्रतियोगिता खेल्दैछ । अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो । जसमा टिम उपविजेता बनेको थियो । सो बेला खेलेका टिमका कुनैपनि खेलाडी अहिले छैनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest