त्रिकाेणात्मक सिरीजकाे मुखैमा प्रशिक्षक पटवालकाे राजिनामा

काठमाडौं – नेपाली राष्ट्रीय टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजिनामा दिएका छन । त्रिकाेणात्मक सिरीज सकिए लगत्तै लागुहुनेगरि उनले आइसीसीलाई राजिनामा पत्र पठाएका हुन । तर याे बिषयमा क्यानका पदाधिकारी भने अनभिज्ञ रहेका छन ।

बुधबारबाट ओमान र अमेरीका सम्मिलित त्रिकोणात्मक सिरीज उनको नेपालका लागि अन्तिम सिरिज हुने भएको छ । करिव आठ महिना अगाडी जगत टमाटाको स्थानमा मुख्य प्रशिक्षकमा आएका उनले नेपाली टिमलाई खासै राम्रो स्तरमा पुर्याएका थिएनन् । उनले आइसीसीबाट मासिक सात हजार अमेरीकी डलर खाँदै आएका थिए ।

यो विचमा पटवालको प्रशिक्षणमा खासै ठुलो उपलब्धि भने हासिल गर्न सकेन । उनी प्रशिक्षक भएपछिको मुख्य ठुलो प्रतियोगिता टी २० विश्वकप छनोट थियो, त्यसमा नेपाल असफल भयो । यसका साथै सागमा पनि घरेलु मैदानमा नेपाली टिम असफल नै रह्यो । 

क्यान नभएका बेला आइसीसी र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पटवाल नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest