नेपाल प्रसिडेन्ट ११ ले मात्र एक सय १२ रनको लक्ष्य

अमेरीका विरुद्धको अभ्यास खेलमा नेपाल प्रसिडेन्ट ११ले मात्र एक सय १२ रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल एघार ३३ दशमलव पाँच बलमा एक सय ११ रनमा अलआउट भयो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा सुवास खकुरलेलले अविजित अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । ८९ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । यस्तै पवन सराफले १९ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

१५ रनमा पहिलो विकेट गुमाएको नेपाल ११ ले २४ रनमा दोस्रो तथा ६९ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ८१ रन बनाउँदा पाँच विकेट खेर फालेको नेपाल अन्तत एक सय ११ रनमा अलआउट भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest