नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्दे

विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवशीय सिरिजको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्देछ ।

किर्तिपुर स्थित टियु मैदानमा हुने खेल विहान साढे नौ बजे सुरु हुनेछ । यहि खेल मार्फत नेपालले लिग टु को तीन वर्षिय चक्रको सुरुवात गर्दैछ । नेपाल र ओमान एकदिवशीयमा पहिलो पटक आमने सामने हुदैछन । तर यी दुइ टिम एक अर्का संग परिचित छन ।

६ एकदिवशीय र एक लिस्ट ए मा प्रतिस्पर्धा गरेको नेपालले तीनमा जीत र चारमा हार बेहोरेको थियो । टि ट्वान्टी विश्वकपमा स्थान बनाएको ओमान विरुद्ध नेपालले सन २०१३ यता जीत विहिन छ । त्यसैले नेपाल ओमान विरुद्ध उत्रदा सात वर्ष पछि जीत हात पार्ने लक्ष्यमा हुनेछ ।

लिग टु मा ६ खेल खेलेको ओमान चार अंकका साथ तालिकाको चौथो स्थानमा छ । वलिङमा सदैव उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल संग पारस खड्काले ओपनिङ गर्ने बताइएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पट्वालले सिरिजको मुखैमा राजीनामा दिएका छन । कप्तान ज्ञानेन्द्रले यसको असर टिममा नपर्ने बताएका छन ।

ओमान संग पछिल्लो पटक २०१८ मा विश्व क्रिकेट लिग डिभिजन टु मा भएको भेटमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest