डिपिएलको मिति फेरी सर्याे

धनगढी प्रिमियर लिग डिपिएलको चौथो संस्करण तोकिएको मिति भन्दा आठ महिना पछि सरेको छ ।

सुदुरपश्चिम प्रदेशको धनगढीमा हुदै आएको फ्रेन्चाइजी टि ट्वान्टी लिगले राष्ट्रिय टिमको ब्यस्त तालिकाका कारण समय नपाएको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले आज विज्ञप्ती जारी गर्दै आगामी कात्तिक ८ देखी २२ गते सम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।

यसअघि फागुन तीन गते बाट प्रतियोगिता सुरु हुने तालिका रहेको थियो । तर त्रिकोणात्मक एकदिवशी सिरिज सकिने वित्तकै एभरेस्ट प्रिमियर लिग र एसीसी इस्र्टन रिजन मेन्स टि ट्वान्टी कप छ । सोही कारण डिपिएलले तोकिएकै समयमा लिग संचालन गर्न मिति नपाएको हो ।

डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइजी टिम सिवाइसी अत्तरिया, काठमान्डौ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड , विराटनगर किंस, धनगढी स्टार्स सहभागी छन । डिपएललाइ नेपालमा फ्रेन्चाइजी लिगको सुरुवात गर्ने प्रतियोगिताका रुपमा लिइन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest