विश्वकप लिग २ आजदेखि नेपाल र ओमान भिड्दै

आईसीसीबाट चारवर्षका लागि एक दिवसीय मान्यता पाए पछि नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय सिरिज खेल्दै छ । आईसीसी विश्वकप लिग २ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा बुधबारदेखि शुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेका छ । नेपाल र ओमानबीचको खेल विहान १० बजेदेखि शुरुहुने छ ।
नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एक दिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन । एक दिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा हुन लागेको हो ।

आईसीसी विश्वकप लिग २ मा नेपालको लक्ष्य पनि शीर्ष दुईमा अन्त्य गर्ने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।
नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, कुशल मल्ल, अभिनास बोहरा, ललित नारायण राजवंशी, कमलसिंह ऐरी, शरद भेषावकर र सन्दीप लामिछाने, रोहित कुमार पौडेल, सुशन भारी ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest