नदीमको अर्धसतक, नेपालले पायो १९८ लक्ष्य

आईसीसी विश्वकप लिग २ मा ओमानले नेपालाई १९८ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको हो ।

त्रिवि क्रिकेट मैदानमा लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज वुधबारदेखि शुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा बुधबार नेपाल र ओमानबीचको खेलमा टस हारेर पहिला ओमानले ब्याटिङ गरेको थियो । ओमानमाथि नेपाली बलर भने सुरुदेखि नै हावी देखिए ।

ओमानका जीतेन्दर सिंह र खवर अली ओपनिङका लागि आएका थिए । जीतेन्दरले पहिलो ओभरको अन्तिम बलमा आफ्नो विकेट करण केसीलाई सुम्पिए । सुरुका तीन बल डट राखेका करणले चौथो बलमा चौका खाए । पाँचौं बल डट राखे भने अन्तिम बलमा करणले जितेन्दरलाई पेभेलियन फर्काउन सफल भए । जितेन्दर ४ रनमा आउट भएका हुन् ।

त्यसपछि क्रिजमा आएका अकिब इलियस र खवर अलीले ओमानको पारि अघि बढाउन खोजे पनि फेरि करण नै बाधक बने । करणले खवरलाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए । खवर व्यक्तिगत ५ रन बनाएर आउट हुँदा ओमानको स्कोर १९ रन रहेको थियो ।
तेस्रो सफलता भने नेपालले रन आउट मार्फत हात पार्यो । यही सिरिजमा डेव्यु गरेका अविनाश बोहोराको बलिङमा दीपेन्द्र ऐरीले अक्वि इलियसलाई रन आउट बनाए । इलियस १६ रन बनाएर आउट भएका हुन् ।

चौथो र पाँचौं सफलता भने नेपालले एकै ओभरमा प्राप्त गरेको थियो । यो सिरिजमा डेव्यु गरेका अर्का खेलाडी सुशन भारीले दिलाए । नेपाललाई चौथो सफलता दिलाउने क्रममा सुसनले ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे ।

मक्सुद २० रन बनाएर भारीको बलमा एलबी डब्ल्यूको धरापमा परे । त्यस लगत्तै क्रिजमा आएका नेपाली मुलका ओमानका खेलाडी सुरज कुमार पनि खाता नै नखोली भारीकै बलमा आउट भए । उनलाई नेपालका कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गर्दै पाँचौं सफलता दिलाए । छैटौं सफलता पनि सुशनको बलिङमा नेपालले हात पारेको थियो ।

५७ रन हुँदा पाँचौं सफलता हात पारेको नेपालले छैटौं सफलता हात पार्न भने केही कुर्नु परेको थियो । ओमानका मोहम्मद नदीम र सन्दीप गौडले ६१ रनको साझेदारी गर्दै १०० रन कटाएका थिए । ओमानको स्कोर ११८ रन हुँदा भारीले सन्दीप गौदलाई आउट गरे । सन्दीप ३३ रन बनाएर आउट भएका हुन् । सातौं सफलता दीपेन्द्रसिंह ऐरीले दिलाए ।

ऐरीले बादल सिंहलाई ५ रनमा पभेलियन पठाएका थिए । ४१.४ ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको ओमानले त्यसपछि आक्रामक रन बनाउँदै १५० रन कटाएको थियो । करणले व्यक्तिगत तेस्रो सफलता हात पार्दा नेपालले आठौं विकेट लिएको थियो । १६६ रन हुँदा ओमानले नसिम खुसीको विकेट गुमाउन पुग्यो । नसिम २८ रन बनाएका बेला करणको बलमा शरद भेषावकरको क्याच आउट भए ।

नवौं विकेट पनि करणले दिलाए । करणले कलिमुल्लाहलाई विनोद भण्डारीबाट आउट गराएका हुन् । उनी १ रन बनाएर आउट भए । अन्तिमसम्म टिकेकका मोहम्मद नदीमले भने अर्धशतकीय पारि खेले । उनी ६७ रनमा नट आउट रहँदा विलाल खान पनि ८ रनमा अविजित रहे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest