ओमानविरुद्ध शरदको अर्धशतक

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टि.यु. क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानविरुद्ध नेपालका शरद भेषवाकरले अर्धशतक पुरा गरेका छन् । शरदले ९६ बलमा ५० रन बनाएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने शरद छैटौं खेलाडी हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest