अमेरिकाले ओमानसामु २१४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा अमेरिकाले २१४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २१३ रन बनायो । अमेरिकाका लागि इयान होल्याण्डले सर्वाधिक ६६ रन बनाउँदा अक्ष होमराज ४४ रनमा पभेलियन फर्किए ।

मोनाक पटेलले १९ रन बनाए । ओमानका मोहम्मद नदीमले तीन विकेट लिँदा जिसन मक्सुद र अकिव इलियसले दुई दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest